Skip to content

भारतमा हुन्डाईको साढे ४ खर्ब रुपैयाँको आइपीओमा मागभन्दा बढी आवेदन, बनायो नयाँ रेकर्ड

nabil bank

भारतमा कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर इन्डियाको साधारण सेयर(आइपीओ) मागभन्दा २.३७ गुणा बढी आवेदन परेको छ । रिटेल क्याटोगोरीमा ०.५० गुणा,क्वालिफाइड संस्थागत लगानीकर्तामा ६.९७ गुणा र गैर संस्थागत लगानीकर्तामा १.११ गुणा आवेदन परेको छ ।

भारतमा हुन्डाई मोटर इन्डियाले रकमको आधारमा सबैभन्दा ठूलो आइपीओ निष्कासन गरेको थियो । हुन्डाई मोटरले २ खर्ब ७८ अर्ब ७० करोड भारतीय रुपैयाँको आइपीओ निष्कासन गरेको थियो । नेपाली रुपैयाँमा हेर्दा यो रकम ४ खर्ब ४४ अर्ब रुपैयाँ हुन्छ । जुन भारतीय सेयर बजारमा अहिलेसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी रकमको आइपीओ निकाल्ने रेकर्ड एलआईसी इन्डियासँग थियो ।

हुन्डाई मोटर भारतको शेयर बजारमा सूचीकृत हुने चौथो ठूलो कम्पनी हुनेछ। यो मारुती(सुजुकी, टाटा मोटर्स, महिन्द्रा र महिन्द्रा पछि चौथो ठूलो अटोमोबाइल कम्पनी हुनेछ। हुन्डाई मोटर इन्डिया मारुती पछि भारतको दोस्रो ठूलो कार उत्पादक कम्पनी हो।

भारतको सेयर बजारमा २० वर्षमा कार उत्पादक कम्पनीले ल्याएको दोस्रो आइपीओ हो । सन् २००३ मा सुजुकीले आइपीओ निकालेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi