Skip to content
Prabhu

नेसनल लघुवित्तद्वारा विद्यालयलाई ६ लाख रुपैयाँको स्टेसनरी वितरण

nabil

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको बरियारपट्टिमा झोला र स्टेशनरी वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत असोज २८ गते बरियारपट्टी गाउँपालिका वडा नं.१ गड्गममा रहेको सरस्वती आधारभुत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला, विद्यालय पोसाक र कपिकलम वितरण गरेको हो ।

सरस्वती आधारभूत विद्यालयलाई ३ सय थान र जनता आधारभूत विद्यालयलाई ४० थान गरि जम्मा ३ सय ४० थान झोला, पोशाक र कपिकलम गरि करिव ६ लाख रुपैयाँ बराबरको सामान वितरण गरेको संस्थाका अनुगमन अधिकृत आशाराम यादवले बताए ।

बरियारपट्टि गाउँपालिकाका अध्यक्ष संतोष महतोको अध्यक्षता तथा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सिईओ तथा राष्ट्रिय बैंकर संघको अध्यक्ष राम बहादुर यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ममता यादव, वडा न.१ का वडा अध्यक्ष देवेन्द्र यादव, २ का राम खेलावन दास, ३ का विनोद कुमार यादव, ४ का नवीन कुमार यादव, ५ का शिवनारायण यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिको रुपमा अनुगमन कार्यालय धरानका अनुगमन अधिकृत विष्णु विश्वकर्मा, हेटौंडा अनुगमन कार्यालयका अनुगमन अधिकृत रामपुजन राय, बरियारपट्टिका शाखा प्रमुख देबेन्द्र कुमार यादव, सिरहा शाखाका प्रमुख लोकेश कुमार यादव, पातो शाखाका प्रमुख दिपेश कुमार गोईत, धनगढी शाखाका प्रमुख बलराम कुमार यादव, मधुपट्टि शाखाका प्रमुख प्रमोद कुमार यादव, भगवानपुर शाखाको प्रमुख संतोष कुमार यादव, रुपनी शाखाका प्रमुख भोगेन्द्र यादव, सरस्वती आविका प्रअ राम विनय यादव, जनता आविका प्रअ भुवनेश्वर कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal