Skip to content

७ करोड खर्चेर सामाखुसी यातायातले थप्यो १५ वटा बस

काठमाडौं। सामाखुसी यातायात प्रालिले थप १५ वटा बस सोमबारबाट सञ्चालनमा ल्याएको छ । आज टोखा नगरपालिका–३ स्थित भत्केको पुलमा एक कार्यक्रमका बीच ती बस उद्घाटनको घोषणा गरिएको हो।

उक्त कार्यक्रममा सामाखुसी यातायातका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका यात्रुहरूको सेवालाई मध्यनजर गर्दै १५ वटा बस थपेको जानकारी दिए । उनका अनुसार १५ वटा बस खरिदमा करिब ७ करोड लगानी भएको छ ।

थपिएका बसहरू उत्तरी बेल्टमा पर्ने मनमैजु–लोकतान्त्रिक चोक–नयाँ बसपार्क–जमल–एनएसी हुँदै सोही रुट फर्किनेछन् । यस्तै झोर बसपार्क टोखा–सामाखुसी चोक हुँदै जमल–रत्नपार्क पुगेर सोही रुटबाट फर्किने गरी व्यवस्था मिलाइएको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका योगेन्द्र नाथ कर्माचार्य, उपाध्यक्ष रामप्रसाद सुवेदीसहित, कांग्रेस महासमिति सदस्य सुशील भट्ट, नेविसंघका केन्द्रीय सदस्य सुवास घिमिरेलगायतको सहभागिता थियो ।

सामाखुसी यातायात प्रालि मातहत बस र माइक्रोस गरी करिब १५० वटा गाडी सञ्चालनमा रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T