काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा सेयर बजार परिसूचक ९ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ दशमलव ३९ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २६७५ दशमलव २० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ११ अंकले बढेर ४८२ दशमलव ८३ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५५ कम्पनीका ३५ हजार ७७२ कित्ता सेयर १८० पटक खरिद बिक्री हुँदा १ करोड ६३ लाख ८८ हजार ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्