काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा आईसीएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको दिउसो साढे १ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्यमा ७४ रुपैयाँ ९० पैसाको वृद्धि भएर ८२३ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म समग्र नेप्से परिसूचक ९ दशमलव २९ अंकले बढेर २६७५ दशमलव १० विन्दुमा पुगेको छ ।
यो अवस्थामा सेयर बजारमा ३ अर्ब भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्