काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको जहाज कवाडीमा परिणत भएको छ ।
चीन सरकारले अनुदान तथा सहुलियतपूर्ण ऋणमा किनेर ल्याएको जहाज उडान गर्दा खर्च अध्याधिक बढेको र नाफामा नै जान नसकेपछि अहिले थन्केर बसेको छ ।
नेपाल वायुसेवा निगमले चिनियाँ जहाज बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ । यस अगाडि पनि चिनियाँ जहाज बिक्रीको लागि बोलपत्र आह्वान भएकोमा खरिदकर्ता भेटिएका थिएनन् । निगमले पुनः ५ वटाल चिनियाँ जहाज बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्