Skip to content
Prabhu

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ९० अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६४६ दशमलव २९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २२ अंकले बढेको छ ।

बिहीबारको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ३८ कम्पनीका ८ हजार ३५२ कित्ता सेयर ८४ पटक खरिद बिक्री हुँदा ५७ लाख २२ हजार ३८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal