Skip to content
Prabhu

कुलमानलाई आजै हटाउने सरकारको तयारी, ३४ उद्योगमा प्राधिकरणले लाइन काट्यो, घरमा काट्ने तयारी

nabil

काठमाडौं । विद्युत बक्यौता रहेका उद्योगको लाइन काटेका नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने तयारी गरेको छ ।

दशैं अगाडि सरकारले घिसिङलाई स्पष्टिकरण सोधेको थियो । प्राधिकरणले भने सञ्चालक समितिको निर्णय अनुसार ९० दिनपछि ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता रहेका उद्योगले महशुल नुबझाएमा लाइन काट्ने तयारी गरेको थियो ।

सो अनुसार ३४ वटा उद्योगमा प्राधिकरणले लाइन काटेको छ । ४९ वटा उद्योगको विद्युत् बक्यौता रहेकोमा ३४ वटा उद्योगमा बिहीबार लाइन काटिएको छ । ७ वटा उद्योगले आइतबार अदालतबाट लाइन नकाट्न अन्तरिम आदेश ल्याएका थिए । ६ वटा उद्योगले किस्ताको सुविधा लिएका छन् । दुईवटा सरकारी निकायको उद्योगमा भने हिसाब मिलान गर्न सकिने हुँदा प्राधिकरणले लाइन काटेको छैन ।

उद्योगमा लाइन काटेको भन्दै सरकार भने प्राधिकरणका प्रमुख घिसिङसँग निकै असन्तुष्ट बनेको छ । उच्च स्रोतका अनुसार शुक्रबार नै प्राधिरकणका प्रमुख घिसिङलाई हटाउने तयारी छ । प्राधिकरणले शुक्रबार बक्यौता रहेका उद्योगीको घरमा समेत लाइन काट्ने तयारी गरेको छ । प्राधिकरणले बक्यौता रहेका उद्योगीले सञ्चालन गरेको जलविद्युत् आयोजना र सोलारको भुक्तानी नदिने तयारी गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal