Skip to content
Prabhu

एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने

nabil

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मंसिर १ गते शनिबारका दिन साधारण सभा बोलाएको हो ।

सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ । निकट भविष्यमा आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीले साधारणसभाबाट आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने जनाएको छ ।

२६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ । त्यस्तै, कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गराउने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal