Skip to content

बुधबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट

nabil bank
साताको  चौंथो दिन बुधबार नेप्से परिसुचकमा दोहोरो अङ्कको गिरावट आएको छ। आज नेप्से सूचक १३ दशमलव १६ अंकले घटेको छ। १३ दशमलव १६ अंकको गिरावट संगै नेप्से परिसूचक ११५० दशमलव १० अंकमा आइपुगेको छ। बुधबार मंगलबारको तुलानामा कारोबार रकममा समेत गिरावट आएको छ। बुधबार नेप्सेमा १७४ वोटा कम्पनीको ४० करोड १५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ। आज नेपाल स्टक एक्सचेन्जमा १४ लाख ०३ हजार ७३ कित्ता सेयर किनबेच भएको छ र जम्मा ६ हजार २ सय ४९ पटक शेयर कारोवार भएको छ।

कारोवार रकमका आधारमा नेपाल  क्रेडिट   एण्ड कमर्सियल  बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस बैंकको २ करोड १२ लाख बराबरको सेयर कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ । यस कम्पनीको २ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै कारोवार रकमका आधारमा तेस्रोमा नेपाल लाईफ इन्सुरेंस, चौँथोमा अप्पर तामाकोसी हाइड्रोपावर र पाचौँमा माछापुछ्रे बैंक रहेको छ ।

सबैभन्दा बढी कमाउनेमा भने युनाईटेड फाइनान्स कम्पनीका सेयरधनी रहेका छन् । यस कम्पनीका सेयरधनीले ९ दशमलव ४६ प्रतिशतले कमाएका छन्। त्यस्तै दोस्रोमा सबैभन्दा बढी कमाउनेमा आशा लघुवित्त वित्तिय संस्थाका सेयर धनी रहेका छन् ।यस कम्पनीका सेयरधनीले ८ दशमलव ७२ प्रतिशतले कमाएका छन्। त्यस्तै सबैभन्दा बढी कमाउनेको सुचिमा तस्रोमा वर्ल्ड मर्चेंट बैंकिंग एण्ड फाइनान्स , चौँथोमा गुडविल फाइनान्स कम्पनी र पाचौमा लक्ष्मी भ्यालु फण्ड-१ का सेयरधनी रहेका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने ह्याथ्वे फाइनान्स कम्पनीका शेयरधनि रहेका छन् । यस कम्पनीका धनीले ७ दशमलव ८७ प्रतिशतले गुमाएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा बढी गुुमाउनेमा अरुण काबेली पावर लिमिटेड कम्पनीका सेयरधनी रहेका छन् । यस कम्पनीका सेयरधनीले ७ दशमलव ७७ प्रतिशले गुमाएका छन् । त्यस्तै सबैभन्दा बढी गुमाउनेको सुचिमा तस्रोमा हिमालयन डिस्टिलरी, चौँथोमा नेसनल हाइड्रोपावर कम्पनी, र पाँचौँमा गुराँस लाइफ इन्सुरेन्सका सेयरधनी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime