Skip to content

कुमारी बैंकले मनायो आफ्नो २३ औं वार्षिकोत्सव, १४५ जनाले गरे रक्तदान

nabil bank

काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ।बैंकले वार्षिकोत्सव अवसरमा आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ग्राहक तथा शुभचिन्तकलाई आभार व्यक्त गरेको छ।

कुमारी बैंकको २३ औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो। कार्यक्रममा १ सय ४५ जना सहभागी भर्इ रक्तदान गरेको बैंकले जनाएको छ। ‘यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य छ,’ बैंकले भनेको छ।

यसका साथै परम्परा र सांस्कृतिक सम्पदाको महत्व उजागर गर्न बैंकका कर्मचारीहरूले परम्परागत वेशभूषा लगाएर वार्षिकोत्सव मनाएका छन्। यो कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने र पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्‍याएको बैंकले जनाएको छ।

‘विविध सांस्कृतिक परम्परा अँगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढावा दिएको छ। यस पहलमार्फत, बैंकले सबैका लागि सधैंका लागि भन्ने मूल उद्देश्यभित्र रहेर आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ,’ बैंकले भनेको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi