Skip to content

रोट्र्याक्ट क्लब अफ रुद्रमती बरमहल काठमान्डौद्वारा आधारभूत शेयर तालिम सम्पन्न

लगानीन्युज/काठमान्डौ: रोट्र्याक्ट क्लब अफ रुद्रमती बरमहल काठमान्डौ द्वारा राजधानीमा एक दिने आधारभूत शेयर तालिम सम्पन्न गरेको छ। बबरमहल स्थित एफ.एन.सी.सी.आई.को हलमा तालिम आयोजना भएको थियो। क्लबका सदस्यहरुलाई शेयर बजारको बारेमा आधारभूत ज्ञान प्रदान गरिएको थियो। तालिममा दिपक  न्यौपानेले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो।
“तालिम निकै उपयोगी भएको र यस प्रकारको तालिमले आगामी दिनमा पक्कै पनि हामीलाई सहयोग गर्ने छ ” सहभागी सदिक्षा शर्मा र मुना कुशुमले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।
तालिम संयोजक पृथिवी श्रेष्ठ र रोशनी खड्काका अनुसार आगामी दिनमा पनि क्लबले शेयर तालिम निरन्तर दिने जानकारी दिनु भयो।
तालिममा क्लबका भूतपूर्व अध्यक्ष नरेन्द्र येर र क्लबका वर्तमान अध्यक्ष प्रतिक ढकालकोपनि कार्यक्रममा सहभागिता थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima