Skip to content
Prabhu

डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा कर्मचारी कल्याणपरिषद् र कर्मचारी युनियनको ध्यानाकर्षण

nabil

काठमाडौं । पछिल्लो समय विद्युत महासुलका विषयमा देखिएको विवादप्रति नेपाल विद्युत प्राधिकरण कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले ध्यानाकर्षण भएको जनाएको छ । आज संयुक्त विज्ञप्ति जारी गरेर विद्युत महसुल तिर्ने विषयमा भएको विवादप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

पछिल्लो समय व्यवसायी र प्राधिकरणबीच विद्युत महसुल भुक्तानीका विषयमा विवाद रहँदै आएको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत सुविधा लिएकका व्यवसायीहरुले उक्त सुविधा प्रयोग गरेको विवरण प्राधिकरणसँग माग गरिरहेका छन् ।

यो विषयमा नेपाल विद्युत प्राधिकरणमा क्रियाशील नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेविप्रा कर्मचारी कल्याण परिषदले विज्ञप्ती जारी गरेर संस्था रहे कर्मचारी र कर्मचारी रहेमात्र ट्रेड युनियन भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै विगतदेखि नै नेपाल विद्युत् प्राधिकरणलाई विखण्डन गर्ने सरकारी नीतिका अलावा अन्य हस्तक्षेपहरु तथा संस्थालाई हानी नोक्सानी हुने राजनीतिक अभ्यासको डटेर विरोध गर्दै आएको ब्यहोरा स्मरण गराएको छ ।

‘देशमा चरम विद्युत अभाव भई आम जनताहरु अन्धकारमा रहेको अवस्थामा केही ग्राहकहरुले नेपाल विद्युत प्राधिकरणवाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत सप्लाई लिई आफ्ना संरचनाहरु सञ्चालन गरेको तर त्यसरी सप्लाई लिए बापत विद्युत् महसुलमा लाग्ने अतिरिक्त शुल्क तिर्न अनावश्यक विवाद सृजना गरेर अड्डा, अदालत तथा विभिन्न शक्ति केन्द्रहरुको प्रयोग गरी/गराई महसुल नतिर्न गरेका प्रयासहरु प्रति विगतदेखि नै हाम्रो गम्भीर ध्यानाकर्षण रहँदै आएको छ  । ’

विज्ञप्तिमा भनिएको छ, ‘६० दिनभन्दा बढी समय विद्युत महशुल नतिर्ने आम विद्युत उपभोक्ताहरुको लाइन काटि महसुल असुलउपर गरिँदै आएको भए तापनि अनावश्यक विवाद खडा गर्ने उपरोक्त ग्राहकहरुको विगतमा काटिएको लाइन विभिन्न निर्णयहरुको आधारमा निश्चित म्यादभित्र भुक्तानी गर्ने गरी जोडिदै आएको थियो ।

यद्यपि अझै पनि त्यस्ता ग्राहकहरुले महसुुल नतिरेको र नतिर्नका लागि ऐन, नियम र कानुन बाहेकका अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरी थप विवाद सिर्जना गरिरहेको कुरा प्रतिहाम्रो गम्भीर आपत्ति रहेको छ ।’

त्यस्तै विज्ञप्तिमा सम्मानित अदालतहरु, नेपाल सरकार मन्त्रीपरिषद, संसदीय समिति, महालेखा परीक्षक, विभिन्न समयमा गठित समितिहरु साथै पछिल्लो समयमा विद्युत् नियमन आयोगबाट समेत उक्त महसुल प्राधिकरणबाट असुलउपर गर्न भनी निर्णय भइसकेकाले विगतमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् सुविधा लिएका ग्राहकहरुको लाईन काटी महसुुल असुल गर्न प्राधिकरणले देखाएको तदारुकतालाई स्वागत गर्दछौं भनिएको छ ।

‘हामी बाँकी महशुल असुली प्रकृयामा कहिं कतैबाट अवरोध नहुने कुरामा विश्वस्थ छौं । साथै आम जनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युत्को महसुल उठाउने कुरामा प्रचलित ऐन, नियम र विद्युत वितरण विनियमावलीमा रहेका व्यवस्थाहरुको अक्षरशः पालना गर्न÷गराउन समेत जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

‘विद्युत लाइन काटिएपश्चात केही ग्राहकहरुले किस्तावन्दीमा रकम भुक्तानी गर्न सुुरु गरेको जानकारी प्राप्त भएकोले महसुल भुक्तानी हुन वाँकी रहेका ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले सहुलियत स्वरुप उपलब्ध गराइएको किस्तावन्दी सुविधामार्फत महशुल भुक्तानी गरी नेपाल विद्युत प्राधिकरणलाई सहयोग गरी दिनु हुनसमेत अनुरोध गर्दछौं ।

साथै डेडिकेटेड फिडर तथा टंकङ्क लाइनको विद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन नजोड्न र नियमानुसार असुलउपर गर्ने सन्दर्भमा ब्यवस्थापनलाई आईपर्ने हरेक चुनौतीहरुको एक्यवद्ध रुपमा सामना गर्न तत्पर रहने ब्यहोरा समेत अनुरोध गर्दछौ,’ कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal