काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अपि पावर कम्पनी लिमिटेडको वित्तीय सूचकमा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वित्तीय सूचकसँगै मुनाफामा पनि बढेको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी यो कम्पनी गत आवको सोही अवधिमा ४० लाख ४९ हजार रुपैयाँमा घाटामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८१.८५ प्रतिशतले बढी हो।
अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २७ लाख ७५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च १ करोड ८४ लाख, बिक्री/वितरण खर्च ४ करोड २६ लाख , ह्रासकट्टी खर्च १० करोड ५६ लाख र वित्त खर्च १८ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
५ अर्ब ७८ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड र कुल चालु दायित्व १ अर्ब ३२ करोड रुपेयाँ रहेको छ । असोज मसान्त सम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.५६ रुपैयाँले धनात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८३ गुणा र तरलता अनुपात १.२ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्