काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा जानकी फाइनान्स र दोल्ती पावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
आजको कारोबार जारी रहँदा मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ४९ रुपैयाँ ३० पैसाले बढेर ५४२ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । आज समग्रमा सेयर बजार परिसूचक १८ दशमलव ७२ अंकले बढेर २६३६ दशमलव ६७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७९ ालख ४७ हजार ७० कित्ता सेयर खरिद बिक्री भएको छ ।






प्रतिक्रिया दिनुहोस्