काठमाडौं । सोमबारको सेयर कारोबार बन्द हुँदा सेयर बजार परिसूचक हरियाली कायम गरेर बन्द भएको छ । सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७ अंकले बढेर बन्द भएको हो ।
कारोबार भएका कम्पनीमध्ये २१३ कम्पनीको सेयर मूल्य बढेको दिने २ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा सकारात्मक सर्किट लागेर कारोबार बन्द हुने कम्पनीमा जानकी फाइनान्स र दोल्ती पावार लिमिटेड रहेका छन् ।
यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । आजको कारोबार बन्द हुँदा जानकी फाइनान्सको सेयर मूल्य ७० रुपैयाँ ५० पैसाले बढेर ७७५ रुपैयाँ ८० पैसा कायम भएको छ भने दोल्ती पावरको सेयर मूल्य ५५ रुपैयाँ ७० पैसाले बढेर ६१२ रुपैयाँ ८० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच भित्र परेका अन्य कम्पनीमा रिभर फल्स पावर लिमिटेड, मेन्छियाम हाइड्रोपावर र माया खोला हाइड्रोपावर रहेका छन् । सोमबारको कारोबार बन्द हुँदा रिफर फल्स पावरको सेयर मूल्य ९.५४ प्रतिशत अर्थात् ५४ रुपैयाँ ८० पैसाले बढेर ६२९ रुपैयाँ पुगेको छ ।
त्यस्तै मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य पनि ४५ रुपैयाँले बढेर ५३८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.१३ प्रतिशतले धेरै हो । यो कम्पनीको सेयर मूल्यमा सेयर बजारको कारोबार जारी रहँदा भने सकारात्मक सर्किट लागेको थियो ।
त्यस्तै आज मायाखोला हाड्रोपावरको सेयर मूल्य पनि प्रतिकित्ता २४ रुपैयाँ १० पैसाले बढेर ३६९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ६.९९ प्रतिशतले बढी हो ।






प्रतिक्रिया दिनुहोस्