Skip to content

सेयर बजार बढ्दा पनि धेरै घट्ने शीर्ष पाँच कम्पनी, सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको

nabil bank

काठमाडौं । आज सेयर बजारमा हरियाली कायम भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७ अंकले बढेको हो । सेयर बजार बढेको दिन २८ कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो ।

आज सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा पिपुल्स हाइड्रोपावर, कालिन्चोक दर्शन लिमिटेड, समृद्धि फाइनान्स, विन नेपाल लघुवित्त र नेपाल एसबीआई बैंक छन् । यी कम्पनीका सेयरधनीले आज सबैभन्दा धेरै गुमाएका छन् ।

आजको कारोबार बन्द हुँदा पिपुल्स हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता ६.०२ प्रतिशले गुमाए । यो कम्पनीको सेयर मुल्य ३३ रुपैयाँले घटेर ५१५ रुपैयाँ पुगेको छ । त्यस्तै कालिन्चोक दर्शनको सेयर मूल्य पनि ४८ रुपैयाँ ९० पैसाले घटेर १ हजार ७५ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३५ प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि ३.९६ प्रतिशत अर्थात् ३२ रुपैयाँ ६० पैसाले घटेर ७८९ रुपैयाँ ७० पैसा पुगेको छ । विन नेपाल लघुवित्तका सेयरधनीले पनि आज प्रतिकित्ता ७६ रुपैयाँले गुमाए । यो कम्पनीको सेयर मूल्य २.८९ प्रतिशले घटेर २ हजार ५५० रुपैयाँ पुगेको छ । नेपाल एसबीआई बैंकको सेयर मूल्य पनि १३ रुपैयाँले घटेर ४८१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा २.६२ प्रतिशतले कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime