Skip to content
Prabhu

प्रि ओपन सेसनमा ३ अंक बढ्यो नेप्से

nabil

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार २७ दशमलव ४१ अंक बढेर २६४५ दशमलव ३६ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ३ अंक बढेर २६४८ दशमलव ३६ विन्दुमा पुगेको छ ।

त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव १० अंक बढेको छ । मंगलबार प्रि ओपन सेसनमा ३८ स्टकको ७४ पटकको कारोबारमा २८ लाख ५१ हजार ३३३ रुपैयाँ ९० पैसाबराबरको ३ हजार ४९४ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal