Skip to content

ऊर्जा राज्यमन्त्रीको कान्छाराम कन्स्ट्रक्सनसहित १३ वटा कम्पनी कालोसूचीमा, अरू को–को परे ?

nabil bank

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ रहेको कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीलाई कालोसूचीमा राखेको हो । निर्माणको ठेक्का लिएर समयमा काम नगरेपछि विभिन्न निकायहरूको सिफारिसमा १३ निर्माण कम्पनी र आपूर्तिकर्ता एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा परेका हुन्।

कार्यालययले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको कान्छारामरएनबी जेभीको कान्छाराम कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सन साढे दुई वर्षका लागि कालोसूचीमा परेका छन्। कान्छाराम कन्स्ट्रक्सन कांग्रेस सांसद पूर्णबहादुर तामाङको हो। उनी रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनी अहिले ऊर्जा राज्यमन्त्रीसमेत छन्।

कन्चनजंघारबिरूवा जेभीको द कन्चनजंघा कन्स्ट्रक्सन कम्पनी प्रालि र बिरूवा कन्स्ट्रक्सन पनि साढे २ वर्ष कालोसूचीमा परेका छन्। त्यस्तै पोखराको बिजी निर्माण सेवा प्रालिलाई कार्यालयले दुई वर्षका लागि कालोसूचीमा राखेको छ। कालोसूचीमा परेकाहरूले तत् अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमनको कार्यालयले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi