Skip to content
Prabhu

न्यादी हाइड्रोपावरले घटायो घाटा

nabil

काठमाडौैं । न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा घाटा घटाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार घाटा घटेको हो ।

गत आवको सोही अवधिसम्मा ३ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको कम्पनीले चालु आवको पहिलो तीन महिनामा ७५ लाख ७५ घाटामा रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले विद्युत बिक्रीबाट २१ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ६१.८४ प्रतिशतले बढेको छ ।

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ५४ करोड ३३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ४१ करोड ५८ लाख रुपैयाँले ऋणात्मक थियो । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.५१ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३.७८ रुपैयाँ रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal