Skip to content
Prabhu

प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकभन्दा बढीले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से ५ दशमलव ४८ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार बन्द भए पछि परिसूचक २७६५ दशमलव ६९ विन्दुमा पुगेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स १ दशमलव ५२ अंकले बढेर ४९२ दशमलव २४ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ६० कम्पनीका ६ हजार १६६ कित्ता सेयर ११० पटक खरिद बिक्री हुँदा ४८ लाख ५६ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal