काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले घटेर बन्द भयो । आज अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन ११ अंकले बजार घटेको हो ।
१५७ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा गुडविल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, माछापुच्छ्रे बैंक, उपर हेवाखोला हाइड्रोपावर र हिमालयन बैंक लिमिटेड बण्ड २०८६ रहेका छन् ।
आज सबैभन्दा धेरै मूल्य घटेको गुडविल फाइनान्सको सेयर मूल्य १०७ रुपैयाँ ८० पैसाले घटेर १ हजार ४४ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.३६ प्रतिशतले कम हो ।
त्यस्तै आज आँखुखोला जलविद्युको सेयर मूल्य पनि ४.९१ प्रतिशत अर्थात् ११ रुपैयाँले घटेर २१२ रुपैयाँ ९० पैसा पुगेको छ । माछापुच्छ्रे बैंकको सेयर मूल्य पनि १३ रुपैयाँले घटेर २७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो ।
अपर हेवाखोलाको सेयर मूल्य आज १९ रुपैयाँ ९० पैसाले घटेर ५१७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिन भन्दा ३.७१ प्रतिशतले कम हो । हिमालयन बैंक लिमिटेड बण्डको सेयर ३९ रुपैयाँ २० पैसाले घटेर १ हजार ८७ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिन भन्दा ३.४८ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्