Skip to content
Prabhu

इमर्जिङ्ग नेपालको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

nabil

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ६७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६५.६० प्रतिशत घटेको हो । आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

असोज मसान्तसम्ममा कम्पनीले १३ लाख ८६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने १४ लाख १९ हजार रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३७ करोड ८७ लाख रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९२ पैसा घटेर ४८ पैसामा सीमित भएको छ । पहिलो त्रैमासिकको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५६ पैसा रहेको छ । ५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal