काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा १ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा कमाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा थियो । सो अवधिमा कम्पनीको हेवा खोला साना जलविद्युत आयोजनमा बाढीले क्षति पुर्याएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड २३ लाख रुपैयाँ रहेको छ भने गैर सञ्चालन आम्दानी २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा सो अवधिसम्ममा ३ करोड ११ लाख रुपैयाँ रहेको छ ।
५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १५ लाख रुपैयाँ सञ्चित छ । असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.१७ गुणा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्