Skip to content
Prabhu

ब्याज आम्दानी बढ्दा पनि घट्यो गणपति लघुवित्तको नाफा

nabil

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६४.१० प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानीमा वृद्धि भएतापनि लघुवित्तको सञ्चालन मुनाफा घटेको कारण लघुवित्तको नाफामा दवाव पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८५ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १४ लाख रुपैयाँमा खुम्चिएको छ । यो ६४.०८ प्रतिशतले घटेको हो । गत वर्ष लघुवित्तको सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ थियो ।

चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड ४७ लाख रुपैयाँ सञ्चित भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४४ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य वित्तीय संस्थाबाट ऋण गरेर दुई अर्ब तीन करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तको सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ७३ पैसा कायम छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२४.६२ रुपैयाँ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal