Skip to content

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ३ अर्ब माथि

nabil bank

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २.७३ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ। आज  फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

आज नेप्से घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

आज  बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण कायमै रहेको देखिन्छ। सेयर मूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा आज ९ लघुवित्त कम्पनीहरु छन्। जसमध्ये मानुषि लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको पिपुल्स पावरको सेयरमूल्य यस दिन सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २।३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६१ प्रतिशत घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi