Skip to content
Prabhu

सेयर मूल्य उच्च भएको कुथेली बुखरीको नाफा घट्यो

nabil

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।

दोस्रो बजारमा हाइड्रोपावर समूहकै सर्वाधिक महँगो सेयरमूल्य भएको कम्पनीको नाफामा ७.७ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तीन महिनामासम्ममा कम्पनीको नाफा ४६ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत् बिक्री आम्दानी र अन्य आम्दानी घट्दा नाफामा दवाव परेको हो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत एक करोड ४ लाख २० हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५ लाख ९९ हजार रुपैयाँले घटेको हो । गत वर्ष कम्पनीको बिद्युत बिक्री आम्दानी एक करोड १० लाख रुपैयाँ थियो । समीक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन खर्च १६ लाख रुपैयाँ छ । त्यसैगरी, कम्पनीको बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च १० लाख ६८ लाख रुपैयाँ छ ।

सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात १३७.८२ गुणा छ । बुधबारको बजारमा यो समाचार बनाउदाको अवधिमा नकारात्मक सर्किट लागेर २ हजार ७८९ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal