Skip to content
Prabhu

सेयर बजार बढ्दा दुई लघुवित्त र एक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भयो । कारोबार रकममा पनि सुधार आएको दिन १५९ कम्पनीहरुको सेयर मूल्यमा वृद्धि भएको हो ।

सेयर मूल्य बढेका कम्पनीहरुमध्ये तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दुई लघुवित्त र एक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीबार गुराँस लघुवित्त र स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

गुराँस लघुवित्तको सेयर मूल्यमा २७८ रुपैयाँले वृद्धि भएर ३ हजार ५८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज स्वाभिमान लघुवित्तको सेयर मूल्यमा पनि १० प्रतिशत अर्थात् १६९ रुपैयाँले वृद्धि भएर १ हजार ८५९ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीभित्र पर्नेमा ङादी ग्रुप पावर लिमिटेड र माछापुच्छ्रे बैंक रहेका छन् । ङादी ग्रुपको सेयर मूल्य आज प्रतिकित्ता ४७ रुपैयाँले बढेर ५२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९.७९ प्रतिशतले धेरै हो । त्यस्तै माछापुच्छ्रे बैंकको सेयर मूल्य पनि ९.५६ प्रतिशत अर्थात् २५ रुपैयाँ ३० पैसाले बढेर २९० रुपैयाँ पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal