काठमाडौं । बिहीबारको सेयर कारोबार बन्द हुँदा बजार १३ अंकले बढेर बन्द भयो । सेयर बजार बढेको दिन ७९ कम्पनीको सेयर मूल्य भने घटेको थियो । घटेका कम्पनीमध्ये सबैभन्दा धेरै घट्ने शीर्ष पाँच कम्पनीमा चार हाइड्रोपावर र एक फाइनान्स रहेको छ ।
आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा रावा इनर्जि डेभलपमेन्ट, कुथेली बुखारी स्मल हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र सपर माइ हाइड्रोपावर छन् । त्यस्तै समृद्धि फाइनान्स पनि धेरै मूल्य घट्ने पाँच कम्पनी भित्र परेको छ । सबैैभन्दा धेरै मूल्य घटेको रावा इनर्जिको सेयर मूल्यमा ९.१२ प्रतिशतले कमी आएको छ । यो कम्पनीको सेयर मूल्य ८५ रुपैयाँले घटेर ८४७ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज कुथेली बुखारी स्मलको सेयर मूल्य २०४ रुपैयाँ १० पैसाले घटेर २ हजार ५८५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.३२ प्रतिशतले कम हो । बिहीबारको कारोबार बन्द हुँदा पिपुल्स हाइड्रोपावरको सेयर मूल्य पनि ६.०८ प्रतिशत अर्थात् ४० रुपैयाँ ४० पैसाले घटेर ६२३ रुपैयाँ ६० पैसा पुगेको छ ।
सुपर माइ हाइड्रोको सेयर मूल्य पनि आज ५९ रुपैयाँ ८० पैसाले घटेर १ हजार १५५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९२ प्रतिशतले कम हो । समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि ४.३६ प्रतिशत अर्थात् ४४ रुपैयाँ ३० पैसाले घटेर ९७२ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्