Skip to content

बोनास बापतका नगद लिन नेपाल एसबिआई बैंकको आग्रह

nabil bank

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट पारित नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले २०७६ मंसिर २९ गते सम्पन्न २६ औं वार्षिक साधारणसभाबाट पारित १०.८४ प्रतिशत नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

बैंकले सेयरधनीहरूलाई लाभांश प्राप्त गर्न डिम्याट खातामा बैंक खाता विवरण अद्यावधिक गर्न पनि भनेको छ । यसका लागि सेयरधनीले एक महीनाभित्र आफ्नो बैंक खाता नम्बर, नागरिकता र अन्य आवश्यक कागजातहरू तयार गरी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।

अन्यथा सो लाभांश रकम ‘कम्पनी ऐन २०६३’ को दफा १८२ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi