Skip to content
Prabhu

नेशनल हाइड्रोपावरको दुई वर्षको साधारणसभा एकैपटक

nabil

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले २७ औं र २८ औं वार्षिक साधारणसभा मंसिर २८ गते एकैपटक गर्ने भएको छ । सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे शुरू हुनेछ ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्ष (आव) २०७९/८० र २०८०/८१ को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

साथै गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ । त्यसैगरी विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त पदमा २ जना सञ्चालक नियुक्ति गर्ने एजेण्डा पनि सभाका लागि तय गरिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ मंसिर १८ गतेसम्म नेप्सेमा कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal