काठमाडौं ।सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ । आज मंगलबार बिहान उनलाई भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
उनले सोमबार कम्बोडियामा रहेका एक नेपालीसँग भिडियो कलमा कुरा गरेको र प्रधानमन्त्री केपी ओलीसहित उनी निकट उच्च अधिकारीहरुले कम्बोडियामा अर्बौं रुपैयाँ अवैध रुपमा लगानी गरेको प्रसाईंले आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्