Skip to content

सहकारीपीडित र प्रहरीबीच माइतीघरमा झडप

काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरू र प्रहरीबीच बुधबार दिउँसो झडप भएको छ।

सहकारी पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

प्रहरीले बल प्रयोग गर्दा केही सहकारीपीडित घाइते भएका छन्। सहकारीमा गरेको बचत फिर्ताको मागसहित उनीहरूले प्रदर्शन गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T