Skip to content

गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

wfr]{ cfwf/e"t c:ktfnsf] gjlgld{t ejg uf]/vf, ^ dªl;/ M ljs6 pQ/L uf]/vfsf] wfr]{ ufpFkflnsf–#, l:yt vf]nf{a]zLdf lgdf{0f ;DkGg ePsf] kfFr z}ofsf] wfr]{ cfwf/e"t c:ktfnsf] gjlgld{t ejg . ufpFkflnsf / l:jh/Nof08sf] cy{ ;L Po/ gfds ;+:yfsf] cfly{s ;fem]bf/Ldf s'n @ s/f]8 @* nfvsf] nfutdf ejg lgdf{0f ul/Psf] xf] . tl:j/ M bLks >]i7÷/f;;

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो ।

धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए।

Hyundai

उनले भने, ‘कुल दुई करोड २८ लाख रुपैयाँको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।’

नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्