काठमाडौँ । बिहीबार उपत्यकाका सडक र खोला पीडितहरूले जनतालाई उठिबास गराउने काम गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । आज भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजको माग राख्दै कुपण्डोलबाट माइतीघर मण्डलासम्म र्यालीसहित खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।
सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०-२० मिटर छाडेर मात्रै संरचना बनाउन पाइने आदेश दिएको थियो। त्यसविरूद्ध सरकार सर्वोच्च गएको छ।
प्रतिक्रिया दिनुहोस्