Skip to content
Prabhu

डाइरेक्ट टिभीले इकोस्टारको स्याटेलाइट भिटीसँगको मर्जर सम्झौता तोड्यो

nabil

एजेन्सी । अमेरिकी स्याटेलाइट टिभी सेवा प्रदायक डाइरेक्ट टिभीले प्रतिद्वन्द्वी डिस टिभी समेत समेटिएको इकोस्टारको स्याटेलाइट टिभी व्यवसाय अधिग्रहण गर्ने सम्झौता समाप्त गरेको छ । यो सम्झौताले संयुक्त रूपमा दुई करोड ग्राहक भएको अमेरिकाको सबैभन्दा ठूलो पे–टीभी प्रदायक निर्माण गर्ने थियो ।

यो सम्झौता सम्पन्न हुन डिसका ऋणदाताहरूले आफ्नो ऋणलाई विलय गरिने नयाँ संस्थाको ऋणसँग छुटसहित साट्न सहमत हुनुपर्ने थियो । यस लेनदेनको भागको रूपमा, डाइरेक्ट टिभीले डिस डिबिएस नामक पे–टीभी व्यवसाय किन्न एक डलर तिर्ने थियो र डिसको लगभग ९.७५ अर्ब ऋणको जिम्मा लिने सम्झौता गरेको थियो ।

यो प्रस्तावित सम्झौता, जुन सेप्टेम्बरमा पहिलो पटक घोषणा गरिएको थियो, संकुचित हुँदै गएको पे–टीभी बजारमा रणनीतिक एकीकरणका रूपमा हेरिएको थियो । डिस र स्लिङ टिभी सञ्चालित इकोस्टारलाई यस सम्झौताले राहत दिने विश्वास गरिएको थियो । यसको संस्थापक टेलिकम्युनिकेसन व्यवसायी चार्ली एर्गन हुन्, जसको इकोस्टार अहिले २० अर्ब डलरभन्दा बढी ऋणले ग्रस्त छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal