Skip to content
Prabhu

प्रि ओपन सेसनमा १४.८७ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंकभन्दा बढीले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबार पछि नेप्से परिसूचक १४ दशमलव ८७ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन १३ दशमलव ०३ अंक घटेर २६६७ दशमलव ४० विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनपछि २६८२ दशमलव २८ विन्दुमा पुगेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३ दशमलव ५८ अंक बढेको छ ।

सोमबार प्रि ओपन सेसनमा ६० स्टकको १७ हजार ५१२ कित्ता सेयर १२४ पटक खरिद बिक्री हुँदा १ करोड ७४ लाख ४० हजार ५९४ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal