काठमाडौं । लामो समयदेखि पूर्णकालीन अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज नयाँ अध्यक्ष पाउने सम्भावना रहेको छ । अध्यक्ष सिफारिस समितिले सरकारलाई तीन जनाको नाम सिफारिस गरेसँगै बोर्डको अध्यक्ष नियुक्त प्रक्रियाले पूर्णता पाउने देखिएको हो ।
सिफारिस समितिले पठाएका ३ जनामध्ये मन्त्रिपरिषद्ले एक जानालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने छ । आज मन्त्रिपरिषद्को बैठक भएकाले बोर्डले आज नै नयाँ नेतृत्व पाउने सम्भावना रहेको छ ।
मंसिर ९ गते, आइतबार, बोर्ड अध्यक्ष सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरिसकेको छ । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको छ । यी तीनजना मध्ये एक जनालाई आज बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने सम्भावना रहेको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त रहेको छ । तत्कालीन अध्यक्ष रमेश हमाल आफ्नो कार्यकाल पूरा गरेर बार्डबाट बिदाभएसँगै अध्यक्ष पद रिक्त रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्