काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा साढे २ बजेको समयमा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०७ रुपैयाँले बढेर ९६३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । समग्रमा बजार बढीरहेको समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो अवस्थामा सेयर बजार परिसूचक ८ दशमलव ७८ अंकले बढेर २६७६ दशमलव १९ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ४ अर्ब ९१ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्