Skip to content
Prabhu

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । सेयर कारोबार खुलेको पहिलो मिनेटमै नकारात्मक सर्किट लागेको कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा आधाघण्टाको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर मूल्य २५३ रुपैयाँ ९० पैसाले बढेर २ हजार ७९२ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा सकारात्मक सर्किट लागेर कारोबार रोकिन्छ भने १० प्रतिशतले घटेमा नकारात्मक सर्किटका रुपमा कारोबार रोकिन्छ ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि १८ दशमलव ८० कंकले बढेर २७०२ दशमलव ०४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ९९ करोड भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal