काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली कायम भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सबै परिसूचकको सेयर मूल्य बढेको दिन बजार १.२४ प्रतिशतले बढेको हो ।
आजको कारोबार बन्द हुँदा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी–मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सपोर्ट माइक्रोफाइनान्सको सेयर मूलयमा २५० रुपैयाँले वृद्धि भएर २ हजार ७५० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज युनाइटेड इदी–मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ५३ रुपैयाँ ४० पैसाले बढेर ५८७ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज कुथेली बुखरी स्मल हाइड्रको सेयर मूल्य पनि २५३ रुपैयाँ ९० पैसाले बढेर २ हजार ७९२ रुपैयाँ ९० पैसा पुगेको छ। यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । आजको कारोबार बन्द हुँदा धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा परेका अन्य कम्पनीहरुमा मिथिला लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावर कम्पनी छन् ।
आजको कारोबार बन्द हुँदा मिथिला लघुवित्तको सेयर मूल्य १७२ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.६२ प्रतिशतले धेरै हो । त्यस्तै अपर हेवाखोलाको सेयर मूल्य पनि ८.८० प्रतिशत अर्थात् ५७ रुपैयाँले बढेर ७०५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्