Skip to content
Prabhu

विद्युत् प्राधिकरणको निर्णय अब उद्योगमा तत्काल लाइन नकाट्ने

nabil

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ ।

विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य कपिल आचार्यले जानकारी दिए ।

‘लाइन नकाट्न भनेर आयोगले एक दिनअघि नै पत्र पठाएको छ । बोर्ड बैठकमा नकाट्ने निर्णय भयो,’ उनले भने, ‘अब प्राधिकरणको व्यवस्थापनले के गर्छ ।’ बैठकमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल अचार्यले असहमति राखेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal