Skip to content

पिपुल्स पावरले हकप्रद सेयर निष्काशन गर्न बोलायो वैशाख १७ गते साधारणसभा

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न वैशाख १७ गते सोमबार लिसारा बैंक्वेट हल नक्साल, काठमाडौँमा छैठौँ र सातौँ वार्षिकसाधारणसभा बोलाएको छ। 

सो सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्ने छ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T