Skip to content
Prabhu

बक्यौता रहेका उद्योगको रकम फरक अस्तित्व रहेका ऊर्जा कम्पनीहरुबाट असुलउपर गर्न मिल्दैन : सोपान

nabil

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान) ले बक्यौता रहेका उद्योगको रकम फरक अस्थित्व रहेको ऊर्जा कम्पनीहरुबाट असुलउपर गर्न नमिल्ने बताएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

‘नेपाल विद्युत प्राधिकरणले गत बुधबार ट्रंक लाइन तथा डेडिकेटेड फिडर बक्यौदा विवाद सम्बन्धमा विभिन्न उर्जा उत्पादक कम्पनीलाई पत्र पठाई उनीहरुको विद्युत विक्री सम्झौता (पीपीए) बमोजिम विद्युत् बिक्रीबापत प्राधिकरणबाट पाउनुपर्ने भुक्तानी रोकेर बक्यौदा विवाद भएका उद्योगहरूको बक्यौता असुली गर्ने जानकारी गराएको सोपानले निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रथमतः प्राधिकरणका प्रबन्ध निर्देशकले पठाउनुभएको सो पत्र प्राधिकरण र ऊर्जा उत्पादक कम्पनीहरु बिच भएको विद्युत विक्री सम्झौताको प्रावधान विपरित रहेको छ । दोस्रो कुरा, केवल साझा सेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नु पर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानूनको स्थापित सिद्धान्तको समेत विपरित भएको सोपानको भनाइ छ ।

साथै, विज्ञप्तिमा उर्जा कम्पनीहरुमा सर्वसाधरणहरु लगायत अन्य कैयन सेयरधनीहरुको लगानी रहेको हुन्छ । यस सन्दर्भमा बक्यौदा असुलउपर गर्नाले सम्पूर्ण सेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्न जाने उल्लेख गरिएको छ । ‘ऊर्जा कम्पनीहरुको मुख्य आय आर्जनको स्रोत भनेको नै प्राधिकरणलाई विद्युत विक्री गरी प्राप्त हुने रकम भएको हुँदा सो रकम कट्टा भएमा कम्पनीद्वारा संचालित परियोजनाको सम्भाव्यतामा नै ठूलो असर पर्न जान्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विदेशी लगानी समेत प्रचुर मात्रामा रहेको उर्जा क्षेत्रमा प्राधिकरणको यस कदमले नकारात्मक असर पार्ने प्रष्ट देखिन्छ । साथै, यसले आगामी १० वर्षमा १०,०० मेवा उत्पादनको लक्ष्यमा समेत गम्भीर आघात पार्न जान्छ । अतः बक्यौता रहेका उद्योग÷कम्पनीहरुको रकम फरक अस्तित्व रहेका उर्जा कम्पनीहरुबाट असुलउपर गर्न नमिल्ने हुँदा, सो गर्नाले कैयन सेयरधनीहरुको हकमा आघात पर्ने हुँदा एवं ऊर्जा कम्पनीहरुको सम्भाव्यतामा नै असरसमेत गर्ने हुँदा सोसम्बन्धी कुनै कार्य नगर्नु हुन अनुरोध गर्द छौं ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal