Skip to content

टिभी च्यानलका लागि खतरा बन्दै युट्युब

nabil bank
एजेन्सी । यस वर्ष जुलाईमा युट्युबका लागि राम्रो खबर छ । पहिलो पटक अमेरिकीहरुले टिभी वा सिनेमाको तुलनामा धेरै समय युट्युबमा बिताएका छन् ।
युट्युबले डिज्नी, प्यारामाउन्ट, फक्स च्यानल, नेटफ्लिक्स र अमेजन जस्ता ओटीटी प्लेटफर्महरूलाई समेत पछि पा¥यो । यद्यपि, आउँदो केही महिनामा युट्युब फेरि डिज्नी र डीसी प्लेटफर्महरूसँग पछि पर्दै दोस्रो स्थानमा खस्कियो । तर, संसारभर युट्युबको लोकप्रियता बढिरहेको छ । बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत व्यक्तिहरू टेलिभिजनका कार्यक्रमहरू हेर्नुको सट्टा युट्युब हेर्न बढी रुचाउँछन् ।
ब्लूमबर्ग टेक्नोलोजीका पत्रकार र युट्युबबारे लेखिएको किताब ‘लाइक, कमेन्ट एन्ड सब्स्क्राइबः युट्युब्स क्योटिक राइज टु वर्ल्ल्ड डोमिनेसन’का लेखक मार्क बर्गेन भन्छन्, “युट्युबमा मानिसहरूले विभिन्न प्रकारका सामग्री पाउँछन् ।”
विश्वभर हरेक महिना करिब तीन अर्ब मानिसले युट्युब हेर्छन् । तीमध्ये धेरैजसो २५ देखि ३५ वर्ष उमेरका छन् । अर्थात्, उनीहरूको उमेर टिभीका मुख्य दर्शकहरूको भन्दा कम छ । यो अहिले एपहरू, भिडियो गेम कन्सोल र स्मार्ट टिभीमा समेत उपलब्ध छ ।
उनले थपे, “यो अहिले सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म बनेको छ र विज्ञापन कम्पनीहरूका लागि ग्राहकसम्म पुग्नको लागि सबैभन्दा ठूलो माध्यम हो । यो भिडियोको सबैभन्दा ठूलो क्याटलग हो। मानिसहरूले धेरै कुरा युट्युबमा खोजेर हेर्न सक्छन् ।”
युुट्युबको सुरुवात सन् २००५ मा अनलाइन भिडियो सेयरिङ प्लेटफर्मका रूपमा भएको थियो । यसमा अपलोड गरिएको पहिलो भिडियो केवल १९ सेकेन्ड लामो थियो, जसलाई यसको सहसंस्थापकले क्यालिफोर्नियाको स्यान डिएगोमा रहेको चिडियाखानामा घुम्दै रेकर्ड गरेका थिए ।
एक वर्षपछि नै गुगलले युट्युबलाई १.६५ अर्ब डलरमा खरिद ग¥यो । युट्युब सबैभन्दा बढी भारतमा हेर्ने गरिन्छ । जहाँ करिब ४० करोड मानिसहरूले युट्युब हेर्छन्। अहिले युट्युब सयभन्दा बढी देशहरूमा उपलब्ध छ ।
मार्क बर्गेनका अनुसार ब्राजिल, इन्डोनेसिया जस्ता नयाँ बजारमा युट्युबले मात्र टिभी च्यानलहरूको ठाउँ लिएको छैन, तर यो त्यहाँ मनोरञ्जन र समाचारको मुख्य स्रोत बनेको छ ।
बर्गेन भन्छन्, “युट्युबका एक पूर्व अधिकारीले मलाई भनेका थिए कि कम्पनीको मन्त्र थियो ‘चुनौती, मजाक वा सत्य?’ सुरुमा मनोरञ्जन उद्योग र विज्ञापन कम्पनीहरूले युट्युबलाई गम्भीर रूपमा लिएनन् । त्यसपछि युट्युबको दोस्रो चरण सुरु भयो, जसमा यो हलिउड, टिभी उद्योग, नेटफ्लिक्स र अमेजनका लागि खतरा बन्यो ।”
सन् २०१६ मा युट्युबले ओरिजिनल र महँगा सामग्री बनाउन थालेको थियो । तर, यो नेटफ्लिक्स जस्ता कम्पनीहरूको लगानीसँग प्रतिस्पर्धा गर्न सकेन र २०२२ मा यस विभागलाई बन्द ग¥यो । तर अहिलेको नयाँ चरणमा युट्युबले आफ्नो स्थान बलियो बनाएको छ । मानिसहरूले युट्युबलाई युटिलिटी प्लेटफर्मका रूपमा प्रयोग गर्न थालेका छन्। खाना पकाउने तरिकादेखि विभिन्न सामान मर्मत गर्ने भिडियो हेर्न युट्युबको प्रयोग गरिन्छ ।
युट्युबका आफ्नै स्टार छन् । जसको लोकप्रियता हलिउडका ताराहरूको भन्दा कम छैन । उदाहरणका लागि, २६ वर्षीय कन्टेन्ट क्रियटर मिस्टर बीस्टको युट्युब च्यानलले यस वर्ष जूनमा भारतीय म्युजिक लेबल टी–सिरिजलाई पछि पा¥यो । उनको ३२ करोड सब्स्क्राइबर छन् ।
तर, युट्युबले यो सफलता सजिलै पाएको छैन । प्रत्येक मिनेटमा युट्युबमा ५०० घण्टा सामग्री अपलोड हुन्छ, जसले यसको निगरानी चुनौतीपूर्ण बनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime