Skip to content

बूढानीलकण्ठ हेरिटेजको हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने

nabil bank

काठमाडौं । बूढानीलकण्ठ हेरिटेजले आफ्ना संस्थापक सेयरधनीहरुका लागि आज मंसिर २७ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

मंसिर १४ गते सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । कम्पनीका संस्थापक सेयरधनीहरुले पुस २ गतेसम्म हकप्रद सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् । मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयर खरिदका लागि निवेदन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले १०० रुपैयाँ अंकित दरले एकमुष्ट रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भाउचर ई–मेलमा पठाई हकप्रद सयर सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi