Skip to content

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

दमौली । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिए । उनका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ ।

उनले भने, ‘पाँच करोड रुपैयाँभन्दा साना दुईवटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन ।’ तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि एक अर्ब ४२ करोड १२ लाख आठ हजार रुपैयाँ विनियोजन भएकोमा २० करोड ४० लाख ९१ हजार तीन सय दश खर्च भएको छ ।

चालुतर्फ १ करोड ९१ लाख २८ हजार रुपैयाँ विनियोजन भएकोमा २२.८५ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ प्रदेशबाट एक अर्ब ४० करोड १२ लाख ८० हजार रुपैयाँ विनियोजन भएकामा १४.२४ प्रतिशत प्रगति भएको छ । जिल्लामा निर्माणाधीन नौ सडक पुल छन् । त्यसमध्ये चार वटा पुराना र पाँचवटा नयाँ रहेको तिवारीले बताए । उनले भने, ‘जिल्लामा डीपीआर तयार भएका अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छ । चार सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमापर्ने जानकारी आएको छ । अन्य बाँकी १९ वटा सडक पुल कार्यान्वयमा लैजान सक्ने अवस्था छ ।’

चालु आर्थिक वर्षमा रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि १८ करोड रुपैयाँ, दमौली बिसघरे झापुटार (सेती नदी सडक पुल)का लागि पाँच करोड रुपैयाँ, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि रु तीन करोड, ढोरबाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रेका लागि दुई करोड ५० लाख रुपैयाँ, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुवर्षे योजनाका लागि २ करोड ५० लाख रुपैयाँ, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर) सडकका लागि दुई करोड ५० लाख रुपैयाँ, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ।

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि दुई करोड ५० लाख रुपैयाँ, तल्लो डुम्रे मोटरेवल पुलका लागि दुई करोड ३६ लाख ८२ हजार रुपैयाँ, कुलुङ खोला पुल भिमाद १ डुम्रीबेंसीका लागि दुई करोड १६ लाख ५६ हजार रुपैयाँ, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि दुई करोड रुपैयाँ, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि दुई करोड रुपैयाँ, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि रु दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि दुई करोड रुपैयाँ, दुलेगौँडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानीटारी खण्ड) कालोपत्रेका लागि दुई करोड रुपैयाँ र सिन्धु मार्गका लागि दुई करोड रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T