काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजारमा उच्च अंकले घटेर बन्द भयो । बिहीबारको सेयर कारोबार बन्द हुँदा जम्मा ४० कम्पनीको सेयर मूल्य बढेको छ ।
समग्र बजार घट्दा पनि त्रिशुली जलविद्युत आयोजनाका सेयरधनीहरुले पनि उच्च वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ४४ रुपैयाँ १० पैसाले बढेर ५६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.५५ प्रतिशतले बढी हो । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंककको सेयर मूल्य पनि ९५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.५४ प्रतिशतले वृद्धि हो ।
त्यस्तै आज आरबिबि म्युचुअल फण्ड २ को सेयर मुल्य पनि ७.२४ प्रतिशत अर्थात् ०.६६ रुपैयाँले बढेर ९ रुपैयाँ ७८ पैसा पुगेको छ । बिहीबार कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य पनि १८६ रुपैयाँ ९० पैसाले बढेर ३ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६४ प्रतिशतले बढी हो । त्यस्तै आज भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ५.९९ प्रतिशत अर्थात् ३६ रुपैयाँले बढेर ६३७ रुपैयाँ पुगेको छ ।












प्रतिक्रिया दिनुहोस्