Skip to content

सेयर बजार राताम्य भएको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी

nabil bank

काठमाडौं । बिहीबारको सेयर बजार राताम्य भएर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये २०४ कम्पनीको सेयर मूल्य घटेको दिन सबै भन्दा धेरै सेयर मूल्य जानकी फाइनान्सको घटेको छ । यो कम्पनीको सेयर मूल्यमा ७.४१ प्रतिशत अर्थात् ७० रुपैयाँ ९० पैसाले घटेर ८८५ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा इङवा हाइड्रोपावरको सेयर मूल्य पनि ४६ रुपैयाँ ९० पैसाले घटेर ६८२ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.४३ प्रतिशतले कम हो ।

त्यस्तै इमर्जिङ नेपालको सेयर मूल्य पनि ६.२४ प्रतिशत अर्थात् ८५ रुपैयाँ २० पैसाले घटेर १ हजार २८१ रुपैयाँ पुगेको छ । बिहीबार स्वाभिमान लघुवित्तको सेयर मूल्य १३७ रुपैयाँले घटेर २ हजार १२३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.०६ प्रतिशतले कम हो । त्यस्तै जोशी हाइड्रोपावरको सेयर मूल्य पनि आज २३ रुपैयाँ ८० पैसाले घटेर ४१४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.४४ प्रतिशतले कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime