Skip to content

आजको मौसम : काठमाडौं उपत्यका र तराईमा हुस्सुको सम्भावना, अन्य भूभागमा मौसम सफा रहने

nabil bank

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका तथा तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime